सिन्धुपाल्चाेकमा वस दुर्घटना , तीन जनाको घटनास्थलमै मृत्यु
काठमाडाैं । काठमाडौबाट सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना भएको छ ।
उक्त बस दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मेलम्ची नगरपालिका १२ को चारघरे भन्ने स्थानमा बा२ख ४३२५ नम्बरको बस दुर्घटनामा परेको हो ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
