सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, घाइते अधिकांशको अवस्था गम्भीर

Share it with you friends

२९ मंसीर २०७६, आईतबार ।

सिन्धुपाल्चोकको ६ किलोमा आईतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते १७ मध्ये अधिकाशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये सिन्धुपाल्चोक जुगल ७ का २८ बर्षिय सुक बहादुर तामाङ, सोही स्थानका सात बर्षिया सविना तामाङ, दोलखाको भिमेश्वर नगरपालिका–९ की ३७ वर्षिया जुनुमाया तामाङ, सोही स्थानकी २८ वर्षिया मन्जु तामाङ र रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २८ बर्षिय महेश तामाङको मात्र सनाखत भएको छ ।

दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो । बस आइतबार बिहान लामो साँघु चरिकोट सडकखण्डमा पर्ने सुनकोशी–७ मा सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

६ किलो मोडबाट पल्टिएको बस तल सडकमै पुगेको थियो । भक्तपुरबाट हिजो रिजर्भ गरेर कालिन्चोक भगवती मन्दिर दर्शनका लागि गएको बस फर्कँदै गर्दा दुर्घटनामा परेको हो । बसमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ । बस क्षत विक्षत भएको छ । ब्रेकमा समस्या देखिएको बस चालकले जर्बजस्ती चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक फरार छन् । घाइतेहरुको खाडीचौर र धुलिखेलअस्पतालमा उपचार भईरहेको छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा