स्थानिय स्तरमै विद्यार्थीहरुले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउने उदेश्यका साथ धादिङको खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको सन्चालन

Share it with you friends

खानीखोला धादिङ । स्थानिय स्तरमै विद्यार्थीहरुले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउने उदेश्यका साथ धादिङको धुनिबेशी ८ खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको औपचारिक उद्घाटन गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको आयोजना गरि डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डे र धुनिबेशी नगरपालिकाका उपमेयर निरु खरेलले सँयुक्त रुपमा सेन्टरको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा उपमेयर खरेलले शिक्षा र प्रविधी सँग सम्बन्धित सेन्टरको स्थापना सँगै विद्यार्थीहरुमा सिकाईको क्षमता बढ्ने बताउनुभयो । नगरपालिकाको शिक्षामा विकास गर्नका लागि आफुहरु पनि सहकार्य र समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।
डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डेले डियरवाल्क धुनिबेशी सेन्टरको दिगोपनाका लागि स्थानिय सँघसँस्था तथा विद्यालय र स्थानिय निकाय सँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । यसो हुँदा स्थानिय स्तरमै विद्यार्थीहरुले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउने र उपयोगि पनि हुने उहाँको भनाई छ ।
सेन्टरमा कम्प्युटर, भाषा, वेब पेज डिजाईन लगायत मल्टिमिडिया कक्षाहरु सन्चालन हुने डियरवाल्क धुनिबेशी सेन्टरका संचालक शेखर कार्कीले बताउनु भयाे ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा