स्याङ्जामा जीप दुर्घटना हुँदा ३ को मृत्यु, २३ जना घाइते

Share it with you friends

१८ भदौ २०७६, बधबार–

स्याङ्जाको गल्याङमा बुधबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका–३ चापाकोटस्थित बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय बालक प्रशन्न दर्जी रहेका छन् । बालकको स्याङ्जाकै गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र २ जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जीपमा २८ जना सवार थिए । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *