स्याङ्जामा फौजी किराले मकै बाली सखाप

Share it with you friends

 

३०असोज २०७६, स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा अमेरिकन फौजी किरा देखापरेका छन्। करिब एक सातादेखि अन्नबालीमा फोैजी किराको आक्रमण देखिएको हो।

मकैका पात, डाँठ, किराले खाएर सबै धुजाधुजा बनाएको छ। सिंगो पात त एउटा पनि छैनन्। रातभरमा सिंगो गह्राको धान नै सक्ने गरी फोैजी किराको आक्रमण बढेको स्थानीयको भनाइ छ। यहाँका किसानले लगाएको बेमौसमी मकैबालीमा किराको प्रकोप अत्यधिक देखिएको छ। बेमौसमी मकै उत्पादन गरी राम्रो आम्दानी लिने उद्देश्यले लगाइएको मकै खेतीमा किराले क्षति पुर्‍याएपछि किसान चिन्तित छन्। यतिबेला मकै गोडमेलका लागि तयार छन्।

गल्याङ नगरपालिकाले बेमौसमी मकै बजारमा ल्याउने उद्देश्यका साथ मकैको बिउ वितरण गरेको थियो। नगरका केही वडाका किसानले लगाएका हाइब्रीड र स्थानीय जातका लगाएका मकै अहिले गोडमेलका लागि तयार छन्। नगरपालिकाले पनि किसानका लागि हाइब्रिड मकै वितरण गरेको जनाएको छ। वालिङ नगरपालिका १० मा पनि फौजी किराको आक्रमणले मकैका बोटका पात टुक्रयाइदिएको छ।

मकैको गुबामा बसेका लार्भासहितले मकैको गुवासँगै कलिला पात खाएको छ। गुबो नै खाएपछि फल पनि राम्रो नलाग्ने कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी बताउँछन्। उनका अनुसार वालिङ र गल्याङ नगरपालिकामा देखिएका अमेरिकन फौजी किरा हुन्। धेरै समूहमा हुने र धेरै क्षति पुर्‍याउने भएकाले यिनीहरूको नाम फौजी किरा राखिएको हो।

सुरु नियन्त्रणका लागि तत्काल जैविक विधि अपनाउन सकिएता पनि संक्रमण बढी भएको हँुदा औषधिको प्रयोग गर्नुपर्छ। कृषि ज्ञान केन्द्र, नगरपालिकाका कृषि प्राविधिक सहितको टोलीले निरीक्षण गरी मकैमा फौजी किराको प्रकोप भएको ठहर गरेको छ। अन्नबालीमध्ये १ सय २१ जातमा फोैजी किराले आक्रमण गर्ने भएता पनि सबैभन्दा बढी मकैका पात तथा डाँठ फौजी किराले निकै मन पराउने हुनाले यसले मकैलाई आक्रमण गर्ने कृषि प्रमुखकोे भनाइ छ।

‘फौजी किराको संख्या बढी हुने र बेलुकाको समयमा बढी सक्रिय हुने गर्दछ। सुरुमा पातमा, गुभो हुँदा जँुगासम्म पुगेर मकैको डाँठ भित्रभित्रै नष्ट बनाउँछ’, प्रमुख अधिकारीले भने, ‘पात नै नष्ट पारेपछि बिरुवाले खाना बनाउन नसक्ने हुँदा अब फल लाग्ने सम्भावना पनि निकै कम हुन्छ।’ संख्यात्मक रूपमा धेरै हुने हुँदा फौजी किरा भनिएको र यो लार्भा अवस्थाको भएकोले एक ठाउँबाट उडेर अर्को ठाँउसम्म पनि यी किराले असर पार्ने गर्दछ।मौसमकै परिवर्तनसँगै फैलने यस्ता प्रकारका किरा नियन्त्रणका लागि साइपरमेथ्रिन, डेल्टामेथ्रिन र क्लोरोपाइरिफस विषादी १÷२ एमएल प्रतिलिटर पानीमा घोलेर खेतबारीमा छर्नु पर्ने प्राविधिकको भनाइ छ। फौजी किराको प्रभाव देखिनासाथ ३÷४ दिनमै नियन्त्रणका लागि औषधिको प्रयोग गर्नुपर्ने कृषिअधिकृत ईश्वरी अर्यालको सुझाव छ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा