हेडसरले नै विद्यार्थी कुट्दै पिसाव खुवाएपछि….

Share it with you friends

रामेछाप, ५ जेठ । विद्यालयमा शिक्षकहरुको समन्वय गर्ने, पढाइको वातावरण मिलाउने र विद्यार्थीहरुलाई पढ्नका लागि उत्साहित बनाउने काम हेडसरको हो ।

शिक्षकले कहिलेकांही भुलबस् बाटो विराए वा विद्यार्थीहरुमाथि अनावश्यक कार्वाही गरे त्यसलाई समयमै नियन्त्रण गर्ने काम पनि हेडसरको हो । तर, रामेछापको खिु तामाकोशी गाउँपालिकास्थित झट्टेश्वर माविका प्रधानाध्यापक केवलबहादुर तिम्सिनाले भने कल्पनाभन्दा बाहिरको काम गरेका छन् । प्रधानध्यापक तिमिल्सिनाले आफ्नै विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाव खुवाएर यातना दिएको खुलासा भएको छ ।

पीडित विद्यार्थीहरुले प्रधानाध्यापकको अत्याचार सहन नसकी शुत्रबार धोवी प्रहरी कार्यालयमा उजुरी दिएपछि यातनाको यो कुरा बाहिरिएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले कक्षा ७ मा पढ्ने बुद्ध तामाङ र लाक्पा तामाङलाई निर्घात कुटपिट गरी पिसाव पिउन बाध्य बनाएको पाइएको छ ।

प्रधानध्यापक तिमिल्सिनाले आफूले उश्रृंखल गतिविधि गर्ने विद्यार्थीलाई सामान्य कार्बाही गरेको दाबी गरेका छन् । उनका अनुसार जेठ १ गते कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरु बुद्ध तामाङ, लाक्पा तामाङ र गणेश बुढाथोकी मिलेर आफ्नै साथी साङवीर तामाङलाई मिनरल वाटर बोतलमा पिसाव र थुक मिसाएर खुवाएको खुलेपछि उनीहरुलाई पनि त्यही पानी पिउन दिएको जिकिर गरेका छन् ।

पिसाव पिउन नमानेपछि पाइपको टुक्राले सामान्य हिर्काएको उनले दावी गरे । कार्बाहीका क्रममा बोतलको पानी बुद्ध र लाक्पाले पिए पनि गणेशले पिउन नमानेपछि पिसाव नै भएको विद्यार्थीले स्वीकारेको उनले बताएका छन् ।
यस्तै प्रधानध्यापक तिमिल्सिनाले अर्का कक्षा ९ मा अध्ययनरत ममिता तामाङलाई जेठ २ गते आफ्नै साथीसँग झगडा गरेको भन्दै निर्घात कुटपिट गरेको खुलेको छ । यता विद्यालय व्यवस्थापन समितिले शुक्रबार छलफलको लागि बैठक डाकेको थियो ।

प्रधानध्यापक बैठकमा नआएपछि बहुमतको आधारमा विद्यालय शिक्षकहरुको सहभागितामै प्रधानध्यापक पदबाट हटाइएको गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्काले जानकारी दिए । उनका अनुसार अब प्रहरीमा संयुक्त उजुरी दिई कार्बाहीको सिफारिस गरिने उनले बताए । प्रधानध्यापक तिमिल्सिनाले भने आफूलाई विद्यालय ब्यवस्थापन समितिको बैठकबारेमा केही थाहा नभएको बताउँदै गाउँपालिका अध्यक्ष र वडाअध्यक्षसँग राम्रो सम्बन्ध नरहेकै कारण घटनालाई तोडमोड गरेर हटाउन खोजेको आरोप लगाएका छन् ।

तस्विर : साके‌तिक

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा