हेपाटाइटिस बी नियन्त्रण गरेकोमा विश्व स्वास्थ्य संगठनद्वारा नेपाललाई बधाई

Share it with you friends

१८ भदौ २०७६, बुधबार ।

विश्व स्वास्थ्य संगठनले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा नेपाललाई बधाई दिएको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्ली स्थित कार्यालय (सेरो) को क्षेत्रीय बैठकमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यो मंगलबार सम्मान ग्रहण गरेका हुन्। नेपालको खोप कार्यक्रम मार्फत् हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा संगठनले नेपाल सहित सेरोका अन्य ३ सदस्य राष्ट्रहरु बंगलादेश, भुटान, र थाइल्यान्ड छन्।

नेपालले यसअघि पोलियो उन्मूलन, मातृशिशु मृत्युदर नियन्त्रण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलन गर्न सफल हुँदै विश्व स्वास्थ्य संगठनबाट प्रमाणपत्र पाइसकेको छ। पछिल्लो पटक हेपाटाइटिस बी नियन्त्रण गर्न सफल हुनुलाई नेपालको खोप कार्यक्रमको सफलतासँग जोडेर हेरिएको छ।

पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूमा हेपाटाइटिस बीको संक्रमण दर १ प्रतिशत कम पुगेको अवस्थालाई जनस्वास्थ्यका दृष्टिकोणले नियन्त्रण भएको मानिन्छ। नेपालले प्राप्त गरेको यो उपलब्धि कायम गर्न सके भविष्यमा कलेजोको क्यान्सर र सिरोसिस हुने दरसमेत न्यूनीकरण गर्न सहयोग हुने बताइन्छ।

नेपाल सहित दक्षिणपूर्वी एसियाली क्षेत्रका सदस्य देशलाई दादुरा, हेपेटाइटिस बी, एचआईभी र सिफलिस नियन्त्रणजस्ता सार्वजनिक जनस्वास्थ्यका उपलब्धिका लागि सम्मानित गरेको हो। यो समाचार स्वास्थ्य खबर पत्रिकामा प्रकाशित छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा