Breaking Newsराष्ट्रिय समाचार

सुनकाे मूल्य १० हजार ४ सय रुपैयाँले बढ्यो, तोलामा ८७ हजार ४ सय

Share it with you friends

जेठ २५, २०७७  ।  सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ ।

चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो ।
तर आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ ।
चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला महङ्गो भएको छ । जेठ १५ मा सार्वजनिक भएको बजेट अनुसार १० ग्राम सुनमा दुई हजार रुपैयाँ  रुपैयाँ भन्सार बढेको छ ।

अमेरिकी डलरमा आएको उछाल र सरकारले बढाएको भन्सारले सुनको भाउ एक लाख रुपैयाँ प्रतितोला पुग्ने अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *