१६ वर्षकी किशोरीको सामूहिक बलात्कारपछि जलाएर हत्या

Share it with you friends

भारत झारखण्डको चतरा जिल्लाको राजकेन्दुआ गाउँमा १६ वर्षकी किशोरीको सामूहिक बलात्कारपछि जलाएर हत्या गरिएको छ ।

घटनामा मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको घटनामा गाउँमा मेलमिलापका लागि पञ्चायत बसाल्ने मुखिया तथा अरु १३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई बलात्कारपछि जिउँदै जलाउने मुख्य अभियुक्तलाई आइतबार बिहानै हजारीबागबाट पक्राउ गरिएको झारखण्डका प्रहरी अधिकारी आइजी शम्भु ठाकुले बताएका छन् ।

अब घटनामा संलग्न तीनजनलाई पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पीडित किशोरीको परिवारलाई प्रहरीले सुरक्षा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *