२ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा, जनकपुरमा उल्लास

Share it with you friends

महेन्द्रनगर, धनुषा, ११ वैशाख । २ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले आज जनकपुरमा मनाइने जानकी नवमीको अवसरमा २ नम्बर प्रदेशका ८ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज जानकीको जन्मजयन्ती परेकाले प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासका साथ मनाइँदैछ । जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ ।

जानकी नवमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरसहित मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ । जनकपुरधामको नौलखा मन्दिरमा बिहानैदेखि पूजा–पाठ गर्ने भक्तजनको घुँइचो लागेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिने निर्णय गरेको दाहालले बताए ।

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ । मधेश आन्दोलन स्मृति दिवस माघ ५ गते पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन ९वारह रविउल्ल औयल०को दिन पनि बिदा दिइने बताइएको छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते