५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
बर्दिया । बर्दियामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक १७ वर्षीय युवक पक्राउ परेका छन्।
बर्दियामा चैतबढैयाताला गाउँपालिका–७ कृष्ण थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत बिहीबार बालिकालाई जबरजस्ती करणी गरेको आफन्तको उजुरीमा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
