६ जिल्लामा सिडिओ सरुवा, काे–काे कहाँ कहाँ भए सरूवा ?

Share it with you friends

काठमाडौं  । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । यसअघि रिक्त रहेका उक्त जिल्लाहरुमा उपसचिवहरुको बढुवा गरी सिडियोका रुपमा सरुवा गरिएको हो ।

सरुवा भएका सिडियोहरुमा उदयपुरमा बिष्णुबहादुर कार्की, सिरहामा रुद्र प्रसाद पण्डित र तनहुँमा भरत शर्मा रहेका छन् । उनीहरु तीनै जना उपसचिव हुन्।
त्यस्तै रोल्पामा गञ्जबहादुर एमजी, हुम्लामा माधव प्रसाद ढुङगाना र बझाङमा प्रेमसिं कुँवरलाई सिडिओका रुपमा सरुवा गरिएको छ। रिक्त रहेका जिल्लाहरुमा सिडिओ पठाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *