अण्डाले बजार पाएन

Share it with you friends

१३ भदौ , लमजुङ — बेंसीसहर नगरपालिका–२ भकुन्डे तालफाँटकी वन्दना अधिकारीले ४ वर्षयता अण्डा दिने लेयर्स कुखुरा पालेकी छिन् । करिब ७ सय कुखुराले दैनिक ६ सय अण्डा दिए पनि बिक्री नहुँदा उनी समस्यामा छिन् ।

‘बिक्री गर्न बजार आयो । बाहिरी जिल्लाबाट सस्तोमा ल्याइँदो रहेछ । फिर्ता ल्याउनुभन्दा सस्तोमा छाडेर आउनुपर्छ,’ उनले भनिन् । एक क्रेट अण्डालाई २९० रुपैयाँमा दिँदा पनि बिक्री नहुने उनले बताइन् ।

भकुन्डेकै राजकुमार थापाले पनि ७ सय कुखरा पालेका छन् । एकदिनमा ३ बोरासम्म दाना खर्च हुन्छ । एक बोरा दानाको मूल्य करिब २ हजार ९ सय पर्छ । ‘अण्डा बिक्दैन । कुखरालाई भोकै राखेर पनि भएन । दिनमै ७र८ हजारको दाना खुवाउनुपर्ने । ५र६ हजारको पनि अण्डा बिक्री हुँदैन । कसरी व्यवसाय गर्ने रु’ उनले भने, ‘यस्तो अवस्थाप्रति कसैले चासो लिँदैन ।’ उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्दासमेत बजार नपाएको किसानले गुनासो गरेका छन् ।

बेंसीसहर नगरपालिका–११ चितिकी सुशीला तिवारीका अनुसार प्रतिअण्डा उत्पादन खर्च १२ रुपैयाँ पर्छ । बजारमा उपभोक्तालाई व्यापारीले २० रुपैयाँसम्ममा बिक्री गर्छन् । अण्डा ८र९ रुपैयाँमा समेत बिक्री नभएको उनले बताइन् । उनले २ हजार कुखुरा पाल्न मिल्ने फर्म भए पनि घाटा लागेपछि ८ सय मात्रै पालेको बताए ।

अण्डाले भाउ नपाउनु र दानाको मूल्य बढदै जाँदा घाटा परेको उनले बताए । स्थानीय किसानका अनुसार दानाको मूल्य बढ्नु र जिल्ला बाहिरबाट आएको अण्डाले समस्या पारेको छ । व्यवसायीका अनुसार व्यापारीले दिनरात बाहिरी जिल्लाबाट अण्डा ल्याउने गरेका छन् । चितवन र तनहुँमा बिक्री नहुने अण्डा लमजुङमा ल्याउने र मनाङसम्म पुर्‍याउने गरेका छन् ।

अर्बौं लगानी गरेर धेरै अण्डा पार्ने र लमजुङका बजारमा ल्याउँदा उनीहरूलाई खासै घाटा नहुने र यसले लमजुङका साना व्यवसायीलाई अप्ठ्यारोमा पारेको स्थानीय कुखुरापालक किसानले बताएका छन् । ‘अण्डा राम्रो ल्याए त ठीकै भो । चितवन र तनहुँबाट ल्याउने कुनै कुनै अण्डा कुहिएको हुँदोरहेछ,’ किसान पुरनबहादुर अधिकारीले भने, ‘जिल्लामै उत्पादन गरिएको अण्डामा त्यस्तो कैफियत देखिएको छैन ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते