अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा
काठमाडौं, २७ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र बोइङ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ ।
दुईमध्ये पहिलो बोइङ यसअघि नै उसले बेचिसकेको छ ।
निगम व्यवस्थापनले दोस्रो बोइङ बिक्री गर्ने उदेश्यका साथ जहाजको मूल्यांकनका लागि प्रस्ताव आह्वान गरेको छ ।
२१ दिने म्याद दिइएको उक्त प्रसतावअनुसार जहाजको वर्तमान वास्तविक मूल्य, यसका जगेडा पुर्जा लगायत सबैको मूल्यांकन गर्न सम्बद्ध व्यवसायिक कम्पनी सहभागी हुन पाउनेछन् ।
निगमको ‘बि ७५७-२००’ सिरिजको यो जहाज अहिले पनि नियमित उडानमा छ । यसले दैनिक एक उडान गर्दै आएको छ । नागरिकमा खबर छ ।
