अपडेट सैन्य विमान दुर्घटना : मर्नेको संख्या २५७ पुग्यो
एजेन्सी, २९ चैत । अल्जेरियाको एउटा सैन्य विमान राजधानी अलगायर नजिक दुर्घटनाग्रस्त हुँदा २५७ जनाको ज्यान गएको छ । स्थानीय मिडियाका अनुसार विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
सयजना मानिसहरु मारिएको हुनसक्ने र मृत्युको संख्या दुई सय कट्नसक्ने स्थानीय स्रोतले बताएको थियो ।
रक्षा मन्त्रालयका अनुसार सेना प्रमुखले दुर्घटनाको कारण पत्ता लगाउन छानबिनको निर्देशन दिइसकेका छन् ।
चार वर्षअघि पनि अल्जेरियामा सेना र उनीहरुका सदस्य सवार एक विमान दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।
उक्त घटना राजधानी अलगायर नजिकको सैन्य हवाई अड्डामा बुधबार बिहान भएको हो ।
