सलादबाट फैलियो संक्रमण, पाँचजनाको मृत्यु

Share it with you friends

एजेन्सी । अमेरिकामा इ. कोली महामारीका कारण पाँचजनाको मृत्यु भएको छ ।

अमेरिका ३५ राज्यमा १९७ जनामा संक्रमण रहेको पुष्टि भएको विविसीले जनाएको छ । रायो साग जस्तै देखिने रोमेन लेटेकामा रहेको इ. कोली ब्याक्टेरियाका कारण संक्रमण फैलिएको अधिकारीहरुले बताएका छन् ।

तर अहिलेसम्म संक्रमणको स्रोत स्पष्ट भएको छैन । यो साग सलादको रुपमा प्रयोग गर्ने गरिएको छ । अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्र, सिडिसीका अनुसार मे १६ यता थप २५ जनामा संक्रमण देखिएको छ ।

संक्रमणका कारण मृत्यु हुनेमा मिनेसोटाका दुई तथा अर्कान्सास, क्यालिफोर्निया र न्युयोर्कका एक एक जना छन् ।

यसअघि सन् २००६ मा अमेरिकामा फैलिएको इ. कोलीको संक्रमणका कारण २०० जना बिरामी परेका थिए ।