अमेरिका र चीनबीच अक्टोबरमा १३ औं चरणको व्यापार वार्ता हुने

Share it with you friends

१९ भदौ, २०७६ ।

अमेरिका र चीनबीच अक्टोबरको पहिलो साता फेरी ब्यापार वार्ता हुने भएको छ । व्यापारिक संघर्ष चर्किरहेका बेला अमेरिकाको वासिंगटनमा १३औं चरणको वार्ता हुने भएको हो । यसअघि गत जुलाईको अन्त्यमा चीनको संघाईमा भएको १२औं चरणको वार्ता विफल भएपछि यी दुवै मुलुकले एकअर्का विरुद्ध भन्सार थपको घोषणा गरेर व्यापारिक द्वन्दलाई चर्काउँदै लगेका छन्। चिनियाँ वार्ताकार लिउ ह र अमेरिकी व्यापार प्रतिनिधिबीच बिहीबार बिहान टेलिफोनमा अक्टुबरको पहिलो सातातिर वार्ता आयोजना गर्ने सहमति भएपनि मिति भने निश्चित गरिएको छैन।

अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनीतिक ब्युरोका सदस्य, चीनका उपप्रधानमन्त्री लिउ हले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अर्थमन्त्री स्टेभेन नुचिनसंग टेलिफोन वार्ता गरेका थिए । गत सेप्टेम्बरको १ तारिखमा अमेरिकी भन्सार करका विरुद्ध चीनले विश्व व्यापार संगठनमा उजुरी हालेको छ। चीनले विश्व व्यापार संगठनको विवाद निरूपण प्रणालीका आधारमा अमेरिका विरुद्ध उजुरी हालेको दाबी गरेको छ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानको ओसाकामा भएको वार्तापछि व्यापारिक युद्धविराम भएको थियो। तर संघाई वार्ता बिना निष्कर्ष टुंगिएसँगै अमेरिकाले चीनबाट आयात हुने सामग्रीमा भन्सार कर थपेर पुनः व्यापारिक संघर्षलाई निरन्तरता दिएको थियो। चीनले पनि सोही बमोजिम भन्सार कर थपेपछि स्थिति जटिल बन्दै गएको हो।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 17 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 17 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 24 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध