Breaking Newsराजनीतिराष्ट्रिय समाचार

अमेरिकी दूतावासले पहिलाेपटक प्रयोग गर्‍यो लिम्पियाधुरासहितको नेपालको नक्सा

Share it with you friends

अमेरिकी राजदूतावासले नेपालकाे नयाँ भूभाग लिम्पियाधुरा सहितकाे समेटिएकाे नक्सा प्रयाेग गरेकाे छ। सामाजिक सञ्जाल फेसबुमा  दूतावासले नेपालको आधिकारिक नक्सा प्रयोग गरेको हो।

 

 कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा केहीदिन अघि प्रतिनिधिसभाले पारित गरेकाे छ। सरकारले आफ्नाे आधिकारिक प्रयाेगका लागि नयाँ भूभाग समावेश भएकाे राजनीतिक नक्सा सार्वजिनक गरेकाे थियाे।
सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि नेपालमा रहेकाे अमेरिकी दूतावासले यसकाे प्रयाेग हाे। अमेरिकी दूतावास नेपालको  अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो कुटनैतिक नियाेग हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *