काठमाडौं । अर्जेन्टिना र पोल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत स्टेडियम ९७४ मा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २–० गोलले हरायो । हारेपनि पोल्यान्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । अर्जेन्टिना समूह विजेता बन्यो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले गोल गर्नुभयो ।
एलिस्टरले ४६औँ र अल्भारेजले ६७औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ३९औँ मिनेटमा कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुक्नुभयो । जितसँगै समूहको शीर्षस्थानमा रहेको अर्जेन्टिनाले ६ अङ्क बनायो । उपविजेता पोल्यान्डले चार अङ्क जोड्यो । यस समूहबाट मेक्सिको र साउदी अरब बाहिरिए । बुधबार राति नै भएको खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोलले हराएको थियो । जितसँगै चार अङ्क बनाएको मेक्सिको तेस्रो र तीन अङ्क बनाएको साउदी अरब अन्तिममा रह्यो । एजेन्सी

अर्जेन्टिना र पोल्यान्ड विश्वकप फुटवलको अन्तिम १६ मा
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply