अहिलेसम्म कति नेपालीले पाए डीभी चिठ्ठा ?

Share it with you friends

हालसम्म झण्डै ३५  हजार नेपालीले डीभी चिठ्ठा पाएर अमेरिका गएको तथ्य सार्वजनिक भएको छ ।

सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकाको आप्रवासी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, सन् २०१८ सुरु भएयता १ हजार ३ सय ५९ जना नेपालीले आप्रवासी भिसा पाएका छन् ।

सन् २०१७ मा डीभीबाट अमेरिकाको आप्रवासी भिसा पाउने देशहरुको सूचीमा नेपाल विश्वमै दोश्रो स्थानमा छ । इजिप्ट पहिलो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *