आईपिएल तर्फ दिल्ली २ विकेटले विजयी, हैदरावाद बाहिरीयो

Share it with you friends

२६ वैशाख २०७६ । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स विजयी भएको छ । विशाखापटनमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालीफायरमा प्रवेश गरेको छ । हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य दिल्लीले अन्तिम ओभरको एक बल बाँकी रहँदा ८ विकेट गुमाउँदै पूरा गरेको हो । दिल्लीका लागि ओपनर पृथ्वी शाले ५६ रन, ऋषभ पन्तले ४९, शिखर धवनले १७, कोलिन मुनरोले १४, श्रेयश लेयरले ८ रन बनाएका थिए ।


हैदराबादका खलील अहेमद र रसिद खानले समान २   २ विकेट लिएका थिए । यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हैदराबादले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । हैदरावादका मार्टिन गुप्टिलले बनाएको ३६ रन टोलीको सर्वा्धिक स्कोर रह्यो । मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सले २८ रन बनाए । विजय शंकरको नाममा २५ रन रह्यो । दिल्लीका इशान्त शर्माको नाममा सर्वा्धिक २ विकेट रह्यो । विजेता दिल्लीले फाईनल प्रवेशका लागि चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 3 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 5 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 5 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 17 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 16 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 17 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न