आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स ७ विकेटले विजयी

Share it with you friends

६ वैशाख  । आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स ७ विकेटले विजयी भएकाे छ । अाज राती भएकाे खेलमा  कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हाे । जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले १९ औ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

 

कोलकाताका लागि रोबिन उथप्पाले ४८, दिनेश कार्तिकले ४२ तथा सुनिल नाराइन र नितिश रानाले ३५–३५ रन बनाए । याे जितसगै‍  ५ खेलबाट ३ जीतसहित कोलकाता अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चारमध्ये दुई खेल जितेको राजस्थान तालिकाको पाँचौ स्थानमा छ ।  पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । उसका लागि जोन म्याथ्यू सोर्टले ४४, कप्तान अजिन्क्या रहानेले ३६ र जोस बट्लरले २४ रन बनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *