आचारण र व्यहारमा सुधार ल्याउन निर्देशन

Share it with you friends

विराटनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरेर प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकता दिन प्रहरी अधिकृत तथा जवानलाई आह्वान गर्नुभयो ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षणपछि प्रहरी अधिकृत तथा जवानलाई सम्बोधन गर्दै सो निर्देशन दिनुभएको हो । उहाँले आफूलाई प्राप्त जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न र सामाजिक सञ्जालको सही सदुपयोग गरेर प्रयोग गर्न पनि मातहतका प्रहरी अधिकृत तथा जवानलाई आह्वान गर्नुभयो । नेपाल प्रहरीको विभिन्न मातहतका निकायले जनचेतनाको कमिबाट हुने घटनालाई नियन्त्रण गर्न विभिन्न जनचेतना मुलक कार्यक्रम सन्चालनलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा पनि राख्नुभयो ।
निर्देशनकै क्रममा प्रहरी महानिरीक्षक सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणको लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई सहज बनाउन पर्यटकलाई सुरक्षाको प्रत्याभुति दिलाएर निर्धक्क यात्रा गर्ने वातावरण बनाउन समेत प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो । प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै समय समयमा लामो तथा छोटो गस्ती निकालेर दूरदराजमा भएका स्थानीय मानिससँग समन्वय गरेर आपराधिक गतिविधि, चोरी तस्करीका घटनालाई नियन्त्रण गर्न र दैविक बिपत्तिमा स्थानीय सरकार तथा अन्य सुरक्षा निकायसँग समन्वय गरेर नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरेर प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
सोही अवसरमा प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते