आज को राशिफल

Share it with you friends

वि.सं. २०७६ असोज २१। मंगलबार। इ.स. २०१९ अक्टोबर ८। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। दशमी, १६:१९ उप्रान्त एकादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। तत्काल फाइदा उठाउन मुस्किलै पर्ने देखिन्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य नपाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न अवसर देखिए पनि आलस्य गर्दा पछि परिएला। योजना कार्यान्वयनमा ल्याउन विलम्ब हुनेछ। प्रतीक्षा गरिएको विषयमा सोचेको परिणाम प्राप्त नहुन सक्छ। गुरुजनको सहयोगले रोकिएको काम बन्न सक्छ। धेरै समय दिन नसकिए पनि पढाइलेखाइमा केही उपलब्धि हासिल हुनेछ। मेहनत गर्दा फाइदा उठाउन सकिनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। आफन्त र परिवारजनको माध्यमबाट काम बन्न सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। मनग्य धन आर्जन हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। काममा लगानी बढाउनुपर्ला। खर्च लागे पनि लामो यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ हुनेछ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रने हुँदा होसियारीसाथ काम लिनुपर्ने समय छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। सोखले फजुल खर्च बढाउन सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिने
(उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते