आयल निगमले बढायो डिजेल तथा पेट्रोलको भाउ

Share it with you friends

काठमाडौं, ३ वैशाख  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ ।

बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको भाउ दुई रुपैयाँले बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *