सानिमा बैक, नौबिसे शाखाद्धारा २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

धुनिबेशी, धादिङ सानिमा बैंकले हरेक बर्ष काठमाण्डौ बाहिरका शाखाहरुले प्रदान गर्ने छात्रवृत्ति अन्तर्गत धादिङ जिल्लाको धुनिबेशी नगरपालिकामा रहेको नौबिसे शाखाले धुनिबेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट यस बर्ष SEE परिक्षामा उतिर्ण विद्यार्थीहरुमध्येबाट आबेदन माग गरी आबेदन परेका मध्यबाट २ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई यस बर्षको छात्रवृती प्रदान गरेको छ। आज सानिमा बैंकको १७

Read more

केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाद्धारा पण्डितपौवामा सुपथ मूल्य पसल सञ्चालन

२४ असोज २०७८ । थाक्रे गाउँपालिका वडा नं. ९ पण्डितपौवामा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । आफ्ना शेयर सदस्य र केवलपुरवासीहरुलाई सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु र कृषि सामाग्री प्रदान गर्ने उद्धेश्यले पसल सञ्चालन गरेको सहकारीले जनाएको छ । सहकारीको आईतबार एक कार्यक्रमका बिच थाक्रे गाउँपालिकाका

Read more

शेषकान्त फाउन्डेसनको सातौं वार्षिक साधारण सभा तथा वेल्डर तालिम सम्पन्न

१६ असोज २०७८ धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ ढकालखोलामा रहेको शेषकान्त फाउन्डेसनको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शेषकान्त फाउन्डेसनद्वारा सञ्चालित जर्मन टेक्निकल स्कुलमा सञ्चालन गरिएको तिन महिने असिस्टेन्ट वेल्डरको दोस्रो तथा सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । तालिम लिएका व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथी धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले प्रमाण

Read more

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु, होम सेन्टरबाटै परीक्षा दिन पाइने

६ साउन २०७८, बुधबार । कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने भएको छ । मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि भौतिक रुपमा परीक्षा गर्ने अनुमति माग गर्दै बोर्डले मन्त्रालयमार्फत सीसीएमसीमा प्रस्ताव पु¥याएको थियो । सीसीएमसीको स्वीकृतिपछि परीक्षा भौतिक रुपमा हुनेछ । गत जेठमा

Read more

साना किसान विकास लघुवित्त वित्तीय संस्था २० औँ वर्षमा, कृषिको रुपान्तरण र उद्यमशीलता अबकाे बाटाे

२२ असार २०७८, मंगलबार । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट मंगलबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिहरू लगायत करिब तीन सय जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र

Read more

बाग्मती प्रदेशभित्रको उत्कृष्ट सहकारीमा महिला साना किसान कृषि सहकारी संस्था लि. थाक्रे पुरस्कृत

१९ असार २०७८, शनिबार । वि.सं.२०७७ सालको बाग्मती प्रदेशभित्रको उत्कृष्ट सहकारीमा महिला साना किसान कृषि सहकारी संस्था लि. थाक्रे छनोट भई पुरस्कृत भएको छ । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार राष्ट्रिय सहकारी महासंघ लि. नेपाल पुलचोक ललितपुरको कार्यालयबाट नगद रु. २५ हजार र सम्मान पत्रसहित उत्कृष्ट सहकारी व्यावशायिक पुरस्कार हात पारेको छ ।

Read more

इजरायली राजदुत पर्वतमा, यसरी मनाए धान दिवस

धादिङ, १५ असार । १८ औं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत हनान गोडर पर्वतको मोदी गाउँपालिका–७, राम्जा पुगेर धान दिवस मनाउनु भयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा राजदुत गोडर पर्वत पुग्नुभएको हो । पर्वत पुगेर कृषि रेडियो संग कुरा  गर्दै इजरायली राजदुत गोडरले आफु

Read more

इजरायली राजदुतावासको कार्यालय काठमाडौंद्धारा नलाङ मोडेल एकेडेमीलाई सहयोग

१४ असार २०७८, सोमबार । इजरायली राजदुतावासको कार्यालय काठमाडौंले धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ मा रहेको नलाङ मोडेल एकेडेमीलाई २ थान कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच संस्थाले विद्यालयका प्रिन्सिपल बलराम सिलवाललाई उक्त परिमाणको सामाग्री हस्तान्तरण गरेको हो साथै विद्यार्थीहरुलाई कृषि क्षेत्रमा समावेश गराउने उद्धेश्यले विद्यालयमा कृषि कार्यक्रम

Read more

धादिङ थाक्रे गाउँपालिकाद्धारा आर्थिक बर्ष २०७८/७९ को लागी ८१ करोड ६ लाख बजेट बिनियोजन, कुन शिर्षकमा कति बिनियोजन ?

०९ असार २०७८, बुधबार । धादिङको थाक्रे गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभाले बुधबार ८१ करोड ६ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको हो । थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीद्धारा प्रस्तुत बजेटमा आर्थिक बिकास तर्फ ३४ लाख, कृषि बिकास तथा उत्थानको लागी २ करोड ४१ लाख ६७ हजार,

Read more

असार २५ गतेसम्म कर तिर्न सरकारको निर्देशन

०२ असार २०७८, बुधबार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको

Read more