केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाद्धारा पण्डितपौवामा सुपथ मूल्य पसल सञ्चालन

Share it with you friends

२४ असोज २०७८ ।

थाक्रे गाउँपालिका वडा नं. ९ पण्डितपौवामा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

आफ्ना शेयर सदस्य र केवलपुरवासीहरुलाई सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु र कृषि सामाग्री प्रदान गर्ने उद्धेश्यले पसल सञ्चालन गरेको सहकारीले जनाएको छ । सहकारीको आईतबार एक कार्यक्रमका बिच थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले शुभारम्भ गर्नुभयो । शुभारम्भ कार्यक्रममा बोल्नुहुदै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले व्यवस्थित रुपमा पसल सञ्चालन गर्दै सस्तो मूल्यमा उपभोक्तालाई प्रभावकारी सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिका वडा नं. ९ का अध्यक्ष दिल बहादुर भुजेलले सहकारी पसलले प्रतिस्पर्धी मूल्यमा सामाग्री बिक्रि गर्न र सम्भव भए होलसेल व्यावशाय समेत सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै थाक्रे सानाकिसान कृषि सहकारीका अध्यक्ष शंकर तामाङ, तसर्पु सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष राधिका सापकोटाले सानाकिसान कृषि सहकारी संस्था बिचको सहकार्यले स्थानीय कृषकहरुलाई थप सेवा प्रदान गर्न सकिने बताउनुभयो ।

त्यसैगरी केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अप्सरा अधिकारीले स्थानीय समुदायमा सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुको सहज पुर्तिका लागी संस्थाले सुपथ मूल्य पसल सञ्चालन गरेको बताउनुभयो । अध्यक्ष अधिकारीले गाउँ बाहिर उत्पादन गरेका सामान गाउँमा ल्याउने मात्र नभई संस्थाले गाउँमै उत्पादन गरेका कृषि उपज बिक्रिका लागी समेत सहकारीले व्यावशाय सञ्चालन गरेको बताउनुभयो । मासिक बचत गर्नका लागी सहकारीले सदस्यहरुले उत्पादन गरेका गुन्द्धुक, सिन्की समेत किनिदिने र बजारीकरण गरिदिने बताउनुभयो ।

सुपथ मुल्य सहकारी पसलको शुभारम्भ कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष, वडा नंं ९ का अध्यक्ष, सहकारीका सञ्चालक समिती, अन्तर समिति, लेखा सुपरिवेक्षण समिति, विमा समितिका सदस्यहरुका साथसाथै विभिन्न टोलमा रहेका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते