साना किसान विकास लघुवित्त वित्तीय संस्था २० औँ वर्षमा, कृषिको रुपान्तरण र उद्यमशीलता अबकाे बाटाे

Share it with you friends

२२ असार २०७८, मंगलबार ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट मंगलबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिहरू लगायत करिब तीन सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण परिवारहरू, आवद्ध संस्थाहरू, सहकारीकर्मीहरू र कृषि उद्यमीहरू प्रति बधाइ ज्ञापन गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साझेदार संस्थाहरूमार्फत न्यून आय भएका साना किसानहरूको जीवनस्तर माथि उठाउन केन्द्रित रहेको, संख्यात्मक विस्तारमा गुणात्मक पाटो महत्वपूर्ण राख्दछ र वित्तीय संस्थाले आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र नतिजामुखी सेवा सञ्चालन गर्न सफल र सक्षम रहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

कार्यक्रमका सभापति एवम् वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गर्दै संस्थामार्फत सहुलियत कर्जा प्रवाह गरी ग्रामीण क्षेत्रमा अवस्थित साना किसान तथा युवाहरूले कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्यमहरू सञ्चालन गरेका बताए । वित्तीय संस्थालाई अझ सुलभ तथा सहुलियत कर्जा प्राप्त भएमा धेरै साना किसानहरूलाई उद्यमी र व्यावसायिक बनाउन सकिने बताउनुभयो ।

७४ जिल्लाका पाँच सय ३१ पालिकामा नौ सय ५७ साना किसान कृषि सहकारी संस्था सहित कुल १३ सय ७४ सहकारी संस्थाहरुको प्रवर्धन र विकास गरी सोही मार्फत आठ लाख ९७ हजार बढी विपन्न तथा साना किसान परिवारमा लघुवित्त एवम् कृषि प्रवर्धन कार्यक्रम पुर्याउन सफल भएको र आगामी दिनमा सेवा नपुगेका पालिका तथा जिल्लाहरुमा वित्तीय संस्थाको सेवा विस्तार गर्दै साना किसानको समृद्धिका लागि कृषिको रुपान्तरण र उद्यमशीलता विकासका गतिविधिलाई तीव्रता प्रदान गर्नेे लक्ष्य रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम कोइरालाले  क्रममा बताउनुभयाे ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 3 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते