शेषकान्त फाउण्डेसन र इप्पान बिच सम्झाैता, धुनिबेशीमै हाइड्राे मेकानिकल तालिम संचालन हुने,

Share it with you friends

 

राजाराम डंगाेल कृषि रेडियाे धुनिबेशी,

जलविद्युत क्षेत्रमा आवस्यक जनशक्ति उत्पादनका लागि धादिङको धुनिबेशीमा रहेको शेषकान्त फाउण्डेशन र स्वतन्त्र उर्जा उत्पादन हरुको संस्था ‘इप्पान’ विच समझादारी पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार एक कार्यक्रमका बिच शेषकान्त फाउण्डेशनका अध्यक्ष विश्वेस्वर प्रसाद ढकाल र इप्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

ह्स्ताक्षर कार्यक्रममा धुनिबेशी नगरपालिकाका उप प्रमुख निरु खरेल, प्रमुख प्रसाशकिय अधिकृत हरिदत्त कडेल, शेषकान्त फाउण्डेशनका सल्लाहकार तथा जर्मन प्राविधिक शिक्षालयका परिकल्पनाकार पवन ढकाल, नेपालका लागि जर्मन राजदुतावासका द्वितिय सचिव सिमन म्याक्सीमिलान हाइन्केला, गैह्र आवासिय नेपाली संघ जर्मनीका उपाध्यक्ष डा बद्रि केसी लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्नुहुदै धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आप्mनो नगरमा प्राविधिक शिक्षालय स्थापना हुनु खुसीको भएको भन्दै नगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै उहाँले दक्ष प्राविधिक जनशक्ति उत्पादन नगरपालिकाको प्राथमिकताको विषय रहदै आएकोमा आफुहरुले कृषि प्राविधिक तर्फको अध्यापनका लागि यो वर्षबाट व्यवसयिक सिप तथा तालिम परिषद् बाट सम्वन्धनका लागि पहल भइरहेको बताउनु भयो ।

नेपालमा जलविद्युत क्षेत्रमा काम गर्ने स्वदेशी प्राविधिकको अभाव रहेको भन्दै स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले शेषकान्त फाउण्डेशनले संचालन गरेको जर्मन प्राविधिक शिक्षालय जस्ता तालिम केन्द्रहरुले त्यस्ता दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नका लागि प्रयास गरेकोमा सर्हाना गर्नुभयो ।


यस्ता विषयको तालिम पश्चात उत्पादन हुने जनशक्तिले नेपालका जलविद्युत क्षेत्रका आयोजनाहरुमा निर्माण पछि समस्या उत्पन्न भएमा विदेशी प्राविधिक हरुको खोजि गरि मर्मत गर्नुपर्ने समस्या समाधान हुने र जलविद्युत आयोजनाले नोक्सानी व्योहोर्नु नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वोल्दै नेपालका लागि जर्मन राजदुतावासका द्वितिय सचिव सिमन म्याक्सीमिलान हाइन्केलाले जर्मन प्राविधिक शिक्षालय जस्ता संस्थाहरुले नेपालको प्राविधिक जनशक्ति उत्पादनमा विशेष भुमिका खेल्ने वताउँदै यस्ता संस्थाहरुको स्थापना र क्षमता बृद्धिमा आफुहरुले निरन्तर सहयोग गर्ने बताउनु भयो ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा शेषकान्त फाउण्डेशनका सल्लाहकार तथा जर्मन प्राविधिक शिक्षालयका परिकल्पनाकार पवन ढकालले तालिम केन्द्रमा अन्तराट्रिय स्तरका यन्त्र उपकरण मार्फत तालिम सञ्चालन भएको भन्दै आप्mनो सपना पुरा भएको आफु अत्यन्तै खुसी भएको बताउनु भयो ।

कार्यक्रममा उपस्थित अतिथि, सहायोगी निकायका प्रमुख एवं प्रतिनिधि लगायतलाई धन्यवाद दिदै शेषकान्त फाउण्डेशनका अध्यक्ष विश्वेस्वर प्रसाद ढकालले स्थानिय युवाहरुलाई दक्ष बनाई श्रम बजारमा लैजाने शेषकान्त फाउण्डेसनको उदश्य रहेको भन्दै संस्थामा हाल तिन महिने एसीस्टेण्ट वेल्डर तालिम संचालन भईरहेको बताउनु भयो ।

धुनिवेशी नगरपालिका वडा नं ५ ढकालखोलामा २०७२ मा स्थापना भएको शेषकान्त फाउण्डेशनले निकट भविश्यमा विल्डीङ इलेक्ट्रिसीयन र मोटरसाईकल मेकानिक तालिम संचालन गर्ने फाउण्डेशनका सचिव ऋिषिराम ढकालले जानकारी दिनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते