इजरायली सेनाले गोली हान्दा ५८ प्यालेस्टाइनी मारिए,२७ सय जना घाइते

Share it with you friends

काठमाडौं, जेठ १ । अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५८ जना मारिएका छन् ।

गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हानेर मारेको प्यालेष्टाइनले जनाएको छ ।

प्यालेष्टाइनी अधिकारीहरुका अनुसार घटनामा २७ सयभन्दा बढी घाईते भएका छन् ।

इजरायली सेनाले भने ३५ हजार प्यालेष्टानी सीमामा जम्मा भएर हिंसा मच्चाएपछि आत्मरक्षाका लागि कदम चालेको दाबी गरेको छ ।

प्यालेष्टाइनी नेताले घटनालाई नरसंहार भनेका छन् भने संयुक्त राष्ट्रसंघका प्रवक्ताले चरम मानवअधिकार उल्लंघन भनेका छन् ।

जेरुसलममा अमेरिकी दूतावास सार्ने विवादास्पद निर्णयको प्यालेष्टायनले विरोध गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *