उच्चस्तरीय टोलीबाट निर्वाचनको अवलोकन हुने

Share it with you friends

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकन गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का चार सदस्य राष्ट्रका प्रमुख निर्वाचन आयुक्तसहितको टोली नेपाल आएका छन् । श्रीलङ्का र दक्षिण कोरियाका एक÷एक जना आयुक्त नेतृत्वको टोलीसमेत नेपाल आउन लागेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बङ्गलादेश, भुटान, भारत र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले काठमाडौँ उपत्यका र नजिकका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदानको अवलोकन गर्नेछन् । आयोगका प्रवक्ता पौडेलले शनिबार नै निर्वाचन आयोगले प्रमुख आयुक्तहरूलाई निर्वाचनको प्राविधिक, व्यवस्थापकीय पक्षहरूबारे जानकारी दिने कार्यक्रम राखिएको बताउनुभयो ।
आयोगका उपसचिव कमल भट्टराईले चारै राष्ट्रका प्रमुख निर्वाचन आयुक्त शनिबार बिहानसम्म काठमाडौँ आइपुग्ने बताउनुभयो । माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष भने काठमाडौँ आइसकेका छन् । दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङगबेई कानको नेतृत्वमा तीन सदस्यीय टोली र माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक नेतृत्वमा दुई सदस्यीय टोली शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन् । भट्टराईले बङ्गलादेशका प्रमुख आयुक्त काजी हबिबुल अवाल, भारतका राजिव कुमार र भुटानका सोनाम तोप्गे शुक्रबार बेलुकी वा शनिबार बिहान आउनुहुने जानकारी दिनुभयो । बङ्गलादेशका प्रमुख आयुक्त अवाल पूर्वरक्षा सचिव हुनुहुन्छ । भारतका प्रमुख निर्वाचन आयुक्त ‘एसोसिएसन अफ वल्र्ड इलेक्टोरल बोडिज’का अध्यक्षसमेत हुनुहुन्छ । उपसचिव भट्टराईले भन्नुभयो, “चार राष्ट्रका प्रमुख आयुक्तसहितको १४ जनाको टोलीलाई दुई समूहमा राखेर आइतबार मतदान केन्द्रमा अवलोकन गर्ने व्यवस्था मिलाइएको छ, त्यसअघि शनिबार काठमाडौँ उपत्यकाको विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने गरी कार्यक्रम तय भएको छ ।”
प्रमुख आयुक्तको समूहले काठमाडौँ उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौँ तथा नजिकका जिल्लाका विभिन्न मतदान केन्द्रको अवलोकन गर्नेछ । प्रवक्ता पौडेलले भन्नुभयो, “एउटा समूहले आठदेखि नौवटा मतदान केन्द्रको मतदान अवलोकन गर्नेछ ।”चारै राष्ट्रका प्रमुख आयुक्तको नेपाल बसाइ र अवलोकनको व्यवस्थापन निर्वाचन आयोगले गरेको छ । चारै राष्ट्रका प्रमुख आयुक्त काठमाडौँस्थित सोल्टी होटलमा बस्नेछन् । दक्षिण कोरियाले भने अवलोकनको अनुमति मात्रै मागेकाले अवलोकन गर्न आउने आयुक्तको व्यवस्थापन दक्षिण कोरियाको कूटनीतिक नियोगले नै गर्ने आयोगले जनाएको छ । निर्वाचन अवलोकनपछि मङ्गलबार ६ गते सम्बन्धित राष्ट्रका प्रमुख आयुक्त र आयुक्त स्वदेश फर्किने कार्यक्रम छ ।
निर्वाचन आयोगले मङ्सिर ४ का लागि निर्धारित आम निर्वाचनमा सात हजार २१९ जना पर्यवेक्षक परिचालन हुने जनाएको छ । आयोगले निर्वाचन पर्यवेक्षणका लागि गत भदौ महिनामै आशय आह्वान गरेको थियो । जस बमोजिम दुईवटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाका १२ जना र ४४ वटा स्वदेशी संस्थाका सात हजार २०७ जनाले पर्यवेक्षणको अनुमति लिएका छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते