उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता, खुशीयालीमा उत्सव मनाईंदै

Share it with you friends

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाबीच ऐतिहासिक भेटवार्ता सुरु भएको छ ।उत्तर कोरियाली नेता किम जोन उन पहिलो पटक दक्षिण कोरिया पुगेका छन् ।

सन् १९५३ पछि दक्षिण कोरिया प्रवेश गर्ने उन पहिलो नेता समेत बनेका छन् । दुवै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले दुई देशबीच शिखर बैठक शुरू हुनुअघि किमको स्वागत गरेका थिए । दुई नेताले गैरसैनिक क्षेत्रमा औपचारिक वार्ता शुरू गर्ने तयारी छ ।

उत्तर कोरियाले गरिरहेको परमाणु कार्यक्रम रोक्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । छलफलबाट कोरियाली प्रायद्धिपमा शान्ति ल्याउने बारेमा कुनै निश्कर्ष निस्कने अपेक्षा गरिएको छ ।

भेटवार्ताको मुख्य केन्द्रविन्दु उत्तर कोरियाको विवादास्पद परमाणु कार्यक्रम रहेछन् । दक्षिण कोरियाका नागरिकले यो भेटवार्तालाई सम्मान गर्दै उत्सव मनाईंरहेका विविसीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *