उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न निर्देशन

Share it with you friends

काठमाण्डौ २५ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ । आयोगले मंगलबार एक सुचना जारी गर्दै निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक÷प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै कडा निर्देशन दिएको हो । निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *