एन्फा चुनावका गराउन परिवर्तन रिले अनसनको तयारीमा
काठमाडौं, ३ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)मा चुनाव गराउनु पर्ने भन्दै दवाव दिन रिले अनसनको तयारी गरिएको छ ।
कर्माछिरिङ शेर्पा नेतृत्वको परिवर्तन पक्षधरले ५ गतेदेखि एन्फा कार्यालय हाताभित्रै रिले अनसन बस्ने तयारी गरेका छन् ।
यसअघि तय भएको चुनावमा भक्तपुर र मकवानपुर जिल्लाले दायर गरेको मुद्दाका कारण रोकिएपछि अहिले एन्फाको चुनाव अनिश्चित बनेको हो ।
अदालती प्रकृयाका कारण एन्फाको चुनाव नहुने निश्चित भएपछि परिवर्तन पक्षधरहरुले रिले अनसनको तयारी गरेका हुन् ।
विवादका कारण दुई जिल्लामा समेत चुनाव भइसकेको अवस्थामा एन्फा चुनावलाई आलटाल गर्ने मनसायले अदालतले जवाफ नदिएको भन्दै रिले अनसन सुरु गर्न लागिएको परिवर्तन पक्षधरले बताएका छन् ।
जिल्लाको विवाद समाधान भइसक्दा समेत मुद्धा दायर गर्नेहरुले फिर्ता निलएको र एन्फाले पनि समयमा जवाफ नदिएका कारण अनसनको तयारीमा जुटेको परिवर्तन पक्षधरले जनाएको ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ भने चुनाव गराउन आफू छलफलमा ब्यस्त रहेको बताएका छन् ।
अष्ट्रेलियाबाट शनिबारमात्र नेपाल आइपुगेका अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा समयमा नै चुनाव गराउने प्रतिवद्धता ब्यक्त गरे ।

 
             
             
            