परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा के –के छलफल हुने ?

Share it with you friends

काठमाडौँ, ३ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ ।

सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उहाँले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताउनुभयो ।

प्रधानमन्त्रीले हालै गर्नुभएको भारतको राजकीय भ्रमणबाट आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पुगेको उहाँको भनाइ थियो ।

प्रदेश र स्थानीय सरकारका पदाधिकारी तथा संघीय सरकारका पदाधिकारीसँग कूटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलनअनुकूल सहज र व्यवस्थित बनाउने प्रयास भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङ त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताउनुभयो ।

मन्त्री ज्ञवालीका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ । उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते