एमालेको जित सुनिश्चित : थपलिया

Share it with you friends

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको धादिङ क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियाले बताउनुभएको छ । देशलाई समृद्धि र विकासको गतिमा अगाडि बढाउने अभियान नेकपा एमालेले शुरु गरेको भन्दै यसलाई पुरा गराउनका लागि पनि नेकपा एमालेको पक्षमा जनलहर देखिएको उहाले बताउनुभयो ।
नेकपा एमालेले विहिवार धादिङका विभिन्न पालिकामा आयोजना गरेको बैठकलाई सम्बोधन गर्ने क्रममा उम्मेदवार थपलियाले यस्तो बताउनुभएको हो । नेपाल बुद्धिजिवि परिषदका केन्द्रिय महासचिव समेत रहनुभएका उम्मेदवार थपलियाले आफु प्राविधिक क्षेत्रमा क्रियाशिल भएको नाताले तत्कालिन समयमा प्रधानमन्त्री केपि शर्मा ओलीको कार्यकालमा देशका सबैजसो भु भागमा प्राविधिक सेवा गर्ने मौका पाएको भन्दै अव आफ्नै जिल्लाको प्राविधिक विकासमा काम गरी जनतालाई सेवा दिन आतुर रहेको पनि बताउनुभयो ।

पार्टी कार्यकर्ताहरुलाई हौसला दिँदै उम्मेदवार थपलियाले भन्नुभयो ‘अहिले संगठन बहिलो बनाऔं, पछि खुसी मनाऔला’ । अहिले अनुमान गर्ने र विभिन्न अड्कलबाजी गर्ने समय होइन, संगठन बलियो बनाउने समय हो, उहाले भन्नुभयो । विहिबार मात्र धादिङ क्षेत्र नं.१ प्रदेश सभा(ख) सदस्य उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियाले गजुरी गाउँपालिका वडा नं.५, सिद्धलेक गाउँपालिका वडा नं.७ र बेनिघाट रोराङ गाउँपालिका वडा नं.६ (स्यादुल)मा वडा कमिटी बैठकलाई सम्बोधन गर्नुभएको थियो । सो बैठकलाई नेकपा एमाले जिल्ला कमिटिका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते