Breaking Newsराजनीतिस्थानीय

एमाले धादिङ १ नं क्षेत्रको निर्वाचन परिचालक कमिटिको संयोजकमा कडेंल

Share it with you friends

धादिङ । धादिङको क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाका ेनिर्वाचनमा नेकपा एमालेलाई विजय गराउन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
नेकपा एमाले धादिङ क्षेत्र नं १ अन्तर्गत निर्वाचन क्षेत्रीय समन्वय कमिटिको बैठकले प्रनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेललाई संयोजकको जिम्मेवारी दिइएको छ । निर्वाचन परिचालन समितिको सहसंयोजकमा ध्रुबशर्मा रुपाखेती र सचिव नरेश खतिवडालाई जिम्मेवारी दिइएको छ । क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कमिति १० हजार ५१ जनाको रहेको छ ।


यसैगरि बैठकले प्रदेशसभा १ को १ मा इन्द्रकुमार तामाङको संयोजकत्वमा ५ हजार २६ सदस्यीय निर्वाचन परिचालन कमिटि चयन गरेको छ । कमिटिको सह संयोजकमा कुमार बैरागी र सचिवमा शिव भण्डारी रहनुभएको छ । यस्तै क्षेत्र नम्वर र १ को २ मा लक्ष्मण शर्माको संयोजकत्वमा ५ हजार २५ सदस्यीय निर्वाचलन कमिटि गठन गरेको छ । कमिटिको सह संयोजकमा देवप्रसाद त्रिपाठी रहनुभएको छ भने सचिवमा राजेन्द्र विक्रम बस्नेत रहनुभएको छ ।


गल्छीमा सम्पन्न बैठकमा नेकपा एमाले धादिङका अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नम्वर १ का उम्मेदवार भूमी त्रिपाठी, प्रदेश सभा १ (१) का उम्मेदवार रमेश आचार्य, प्रदेश सभा १ (२) का उम्मेदवार गजेन्द्र थपलिया, जिल्ला नेताहरु देवप्रसाद त्रिपाठी, प्रेमनाथ सिलवाल, रामकुमार आचार्य, राजेन्द्रविक्रम बस्नेत, राधा तिमिल्सिना लगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *