एमाले–माओवादीबीच लाग्यो एकताको टुंगो, केन्द्रीय सदस्य छान्न प्रचण्डलाई सकस

Share it with you friends

काठमाडौँ, ३ जेठ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएको छ। पार्टी एकताको औपचारिक घोषणा आज बस्ने पार्टी एकता संयोजक समितिको बैठकले गर्ने भएको छ।

सैद्धान्तिक र वैचारिक विषयमा दुई पार्टीबीच सहमति जुटिसकेको छ भने केन्द्रीय समितिको संख्या बराबरी हुनुपर्ने विषयमा पनि टुंगो लागिसकेको बताइएको छ। निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले निर्वाचन भएको तीन महिना आन्तरिक गृहकार्यमा खर्चिएका थिए। पार्टी एकताका लागि बराबरी हैसियत हुनुपर्ने अडान माओवादी केन्द्रले राख्दै आएको थियो।

तर एमालेले भने हैसियतअनुसार नै पार्टी एकता गर्नुपर्ने अडान राख्दै आएको थियो। प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निकै उतारचढावका बीच अन्ततः दुवै पार्टी एकताका लागि अन्तिम गृहकार्यमा जुटेका छन्।

पार्टी एकतापछि चुनाव चि≈न सूर्य नै हुने भएको छ। पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द उल्लेख गर्ने सहमति भएको छ। पार्टी एकतापछि तीन वर्ष एमाले अध्यक्ष ओली र बाँकी दुई वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ। पार्टीको नेतृत्व भने ओली र प्रचण्डले नै गर्ने सहमति गरेका छन्।

पार्टी एकता लम्बिएको चर्चा चलिरहेको बेला बुधबार अध्यक्षद्वय ओली र प्रचण्डबीच वान टु वान वार्ता भएपछि सरकारको नीति तथा कार्यक्रमअघि नै एउटै पार्टी दर्ता गरेर जाने सहमतिअनुसार एकता प्रक्रियाले गति लिएको हो। बुधबार दुवै पार्टीभित्र एकताबारे दिनभर नै छलफल भयो। एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएर एकताबारे छलफल गरेको थियो। एकतालाई पार्टी स्थायी समितिको बैठकले अनुमोदन गरेको बताइएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले एकताको औपचारिक घोषणाका लागि कुनै विवाद नरहेको दाबी गर्दै भन्नुभयो– ‘एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना गरी नेपाल कम्युनिस्ट पार्टीको ४ सय ४१ जनाको केन्द्रीय समिति बनाउने सहमति भएको छ।’

बैठकले जेठ ३ गते बिहीबार नै निर्वाचन आयोगमा ‘नेपाल कम्युनिस्ट पार्टी’ दर्ता गराउने भएको छ। श्रेष्ठका अनुसार एकीकृत पार्टीको चुनाव चि≈न सूर्य नै हुने भएको छ। माओवादी केन्द्रले चुनाव चि≈नमा सूर्यभित्र हँसिया हथ्यौडा राख्नुपर्ने बताएको थियो।

एमालेभित्र पनि केन्द्रीय सदस्य बन्नका लागि नेताहरूको दौडधुप चलेको छ। २५औं स्मृति दिवसका दिन आज ओली र प्रचण्डले मदन भण्डारीको सालिकमा माल्यार्पण गरी पार्टीको औपचारिक शुरुआत गर्ने तयारी भएको श्रेष्ठले बताउनुभयो। एकतालाई अन्तिम रूप दिन बिहीबारै पार्टी एकता संयोजक समितिको बैठक बोलाइएको छ।

श्रेष्ठका अनुसार आज साँझ पत्रकार सम्मेलन गरी एकता घोषणा गरिनेछ। एमालेले पनि आजै केन्द्रीय कमिटिको बैठक बोलाएको छ। दुवै पार्टीको सचिवालय र स्थायी समितिको बैठकले एकता गर्ने औपचारिक निर्णय गरिसकेको छ।

केन्द्रीय सदस्य छान्न प्रचण्डलाई सकस
माओवादी केन्द्रले पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ। बुधबार बसेको सचिवालयको बैठकले एकता गर्ने निर्णय गरेको हो। एकताको विषयमा प्रचण्डले बिफ्रिङ गर्नुभएको थियो। नेताहरूले बराबरी हैसियतमा एकता गर्नुपर्ने अडान छोडेको विषयमा प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले एकता नै अहिलेको आवश्यकता भएको हुँदा संख्याको विषयमा अल्झिदा एकता धकेलिने भएकाले सहमति गरेको बताउनुभएको थियो। एकीकृत पार्टीको चुनाव चि≈न सूर्य हुने विषयमा पनि माओवादीले सहमति जनाएको छ। माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एकता गर्ने औपचारिक निर्णय भएको बताउँदै भन्नुभयो– ‘अध्यक्षले पार्टीबाट केन्द्रीय समितिमा जानेहरूको सूची तयार गरिरहनुभएको छ, नयाँ र पुरानालाई मिलाएर केन्द्रीय सदस्य छान्न सुझाव दिएका छौं।’

तर केन्द्रीय सदस्य छान्न प्रचण्ड दबाबमा परेको बताइएको छ। प्रचण्डले सचिवालयका सबै, पोलिटब्युरो तथा केन्द्रीय सदस्यबाट केही र एकता प्रक्रियामा आएकालाई मिलाएर २ सय जनाको केन्द्रीय सदस्य छनोट गर्नुहुने भएको छ। माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य मात्र ४ सय सदस्यीय छ। पार्टीमा अहिले झण्डै चार हजार जनाको हाराहारीमा केन्द्रीय सदस्य रहेकामध्ये ३८ सय नेता बाहिरिने भएका छन्। प्रचण्डले केन्द्रीय सदस्यमा समावेश हुन नसकेकाहरूलाई परिषद्जस्तै संयन्त्र बनाएर व्यवस्थापन गर्ने तयारी गर्नुभएको छ। केन्द्रीय सदस्य छनोट गर्ने जिम्मेवारी बैठकले प्रचण्ड, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ। बैठकमा प्रचण्डले एकतापछि सहमतिको महाधिवेशन हुने बताउनुभएको थियो। नेपाल समाचारपत्रमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते