ओली भारत भ्रमणमा जानु कुनै चमत्कार होइन : प्रकाशमान सिंह
काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउन खोजेको आरोप लगाउनु भएको छ । मंगलबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले सरकारले कांग्रेसले लिएको अर्थ निति गलत थियो भन्ने देखाउन श्वत पत्र जारी गरेको आरोप पनि लगाउनु भयो ।
यस्तै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई चमत्कारको रुपमा बुझन जरुरी नभएको पनि बताउनु भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण दुई देशको सम्बन्ध सुधार गर्न सफल भएको भन्ने खबर आएपछि सिंहको यो प्रतिक्रिया आएको हो ।
उहाँले बैशाख १ गते सुरु गर्न लागेको ‘गाउँ जाउँ गाउँमै रमाउ’ भन्ने ५० दिने अभियानमा सहभागी हुने नेता कार्यकर्तालाई समेत पार्टी अभियानमा जुट्न निर्देशन समेत दिनु भएको छ ।
