कपिल शर्मालाई अर्को झट्का, तीन एपिसोडपछि नै नयाँ शो बन्द हुने

Share it with you friends

एजेन्सी, २८ चैत । लामो समयदेदखि विवादित रहेका कमेडियन कपिल शर्माको नयाँ शो ‘फेमिली टाइम विथ कपिल शर्मा’ बन्द हुने भएको छ । खबरहरुका अनुसार सोनी च्यानलमा मात्र तीनवटा एपिसोड पछि बन्द हुने फैसला भएको छ ।

एक चर्चित वेभसाइटलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले कपिलको अव्यवसायिक रवैयाको कारण च्यानलले सोमबार उक्त शो बन्द गर्ने निर्णय गरेको हो ।

कपिल केही समयदेखि एकदमै कठिन अवस्थादेखि गुज्रिरहेका छन् । केही दिन अघि उनले एउटा इन्टरटेन्मेन्ट वेभसाइटको एडिटरलाई गाली गरेका थिए । कपिलले त्यस वेभसाइटले आफ्नो विरुद्धमा नकरात्मक खबरहरु छापेको आरोप लगाएका थिए ।

यस अघि पनि कपिलले आफ्नी कथित पूर्व प्रेमिका प्रिती सिमोस र उनी बहिनी निती सिमोसलाई आफ्नो २५ लाख रुपयाँ खान खोजेको आरोप लगाउँदै उजूरी दर्ता गरेका थिए ।

मिडियाहरुको अनुसार कपिल अहिले डिप्रेशनबाट गुज्रिरहेका छन् जसकारण उनी अहिले सुटिङ सेटमा राम्ररी समय दिन सकिहरेका छैनन् । यसैक्रममा उनकी कथित पूर्व प्रेमिका प्रिती सिमोसले  कपिलको मानसिक अवस्था ठिक नभएको बताएकी छिन् । उनले कपिललाई सिजोफ्रेनिया भएको हुनसक्ने र उनले धेरैपटक आत्महत्याको कुरा गरेको बताएकी छिन् ।

मार्च २०१७ सम्म प्रिती कपिलको प्रोडक्सन हाउस के ९ को क्रिएटीभ डायरेक्टरको रुपमा काम गर्थिन् । कपिल र सुनिल ग्रोबरबीच झगडा भएपछि उनी शोबाट निस्किएकी थिइन् । उनीहरुसँगै काम गर्दा दुबैको अफेयर रहेको खबरहरु मिडियामा आएका थिए । तर मार्च २०१७ मा कपिलले सामाजिक सञ्जालमार्फत गिन्नी चतरथलाई आफ्नो हुनेवाला श्रीमती भनेर सार्वजनिक गरेपछि उनीहरुको सम्बन्धमा तितोपना आएको थियो ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते