कमरेडले देखे ‘कान्छा बा’को अनुहार
काठमाडौं, २६ चैत । माओवादी केन्द्रका वैचारिक नेता नारायणकाजी श्रेष्ठ माओवादी केन्द्र अब सच्चिनै नसक्ने निश्कर्षमा पुगेको उनी निटक स्रोतले बताएको छ । ‘वैचारिक बहस र पार्टी निर्मार्णको कुरा त धेरै परको हो, सापेक्षिक न्याय पनि मरेको पार्टीमा के हुन्छ ?’ श्रेष्ठको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो ।
‘एउटा प्रतिभाशाली, संगठन महिला उत्पीडित समुदायकी नेतृ अञ्जना विसंखेलाई मन्त्री बनाऔं भन्ने हाम्रो चाहना थियो, गिरिराजमणि कि अञ्जना भनेर अड्को थापिन्छ, गिरिराजमणि सक्षम र काम गर्न सक्ने नेतालाई बाहिर राख्ने त कुरै भएन ।
उनले बुहारी बीना मगरलाई फुल मन्त्री बनाउने प्रस्ताव गराउन लगाउने । प्रदेशको तर्फबाट प्रस्ताव आयो भनिदिने । प्रदेश सरकार छ, मन्त्री प्रदेशको बनेको छ, अनि फेरि प्रदेशबाट पनि मन्त्री ? कोही किन बोल्दैन ?’ श्रेष्ठको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ‘कर्णाली प्रदेशका मुख्यमन्त्रीको काण्डैकाण्ड बाहिर आएको छ ।
तीन नम्बर प्रदेशका पार्टीका संसदीय दलका नेता शालिकराम आफ्नै ग्याङ फाइटमा झण्डै मारिएका ? यस्ता कुरा गर्ने हो भने कति कति ? एमाले पनि भरोसाको पार्टी नभएको भन्दै नारायणकाजी भन्छन् ‘नखाउू भने दिनभरिको शिकार खाउू भने कान्छा बाउको अनुहार’ जस्तो पो भयो त ? निकै वैचारिक, सक्रिय नेता नारायणकाजी श्रेष्ठाको यो मनस्थितिमा ठूलो हिस्सा माओवादीको भएको स्रोतको दावी छ । साँघु साप्ताहिकमा खबर छ ।
