कमरेडले देखे ‘कान्छा बा’को अनुहार

Share it with you friends

काठमाडौं, २६ चैत । माओवादी केन्द्रका वैचारिक नेता नारायणकाजी श्रेष्ठ माओवादी केन्द्र अब सच्चिनै नसक्ने निश्कर्षमा पुगेको उनी निटक स्रोतले बताएको छ । ‘वैचारिक बहस र पार्टी निर्मार्णको कुरा त धेरै परको हो, सापेक्षिक न्याय पनि मरेको पार्टीमा के हुन्छ ?’ श्रेष्ठको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो ।

‘एउटा प्रतिभाशाली, संगठन महिला उत्पीडित समुदायकी नेतृ अञ्जना विसंखेलाई मन्त्री बनाऔं भन्ने हाम्रो चाहना थियो, गिरिराजमणि कि अञ्जना भनेर अड्को थापिन्छ, गिरिराजमणि सक्षम र काम गर्न सक्ने नेतालाई बाहिर राख्ने त कुरै भएन ।

उनले बुहारी बीना मगरलाई फुल मन्त्री बनाउने प्रस्ताव गराउन लगाउने । प्रदेशको तर्फबाट प्रस्ताव आयो भनिदिने । प्रदेश सरकार छ, मन्त्री प्रदेशको बनेको छ, अनि फेरि प्रदेशबाट पनि मन्त्री ? कोही किन बोल्दैन ?’ श्रेष्ठको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ‘कर्णाली प्रदेशका मुख्यमन्त्रीको काण्डैकाण्ड बाहिर आएको छ ।

तीन नम्बर प्रदेशका पार्टीका संसदीय दलका नेता शालिकराम आफ्नै ग्याङ फाइटमा झण्डै मारिएका ? यस्ता कुरा गर्ने हो भने कति कति ? एमाले पनि भरोसाको पार्टी नभएको भन्दै नारायणकाजी भन्छन् ‘नखाउू भने दिनभरिको शिकार खाउू भने कान्छा बाउको अनुहार’ जस्तो पो भयो त ? निकै वैचारिक, सक्रिय नेता नारायणकाजी श्रेष्ठाको यो मनस्थितिमा ठूलो हिस्सा माओवादीको भएको स्रोतको दावी छ । साँघु साप्ताहिकमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते