करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

Share it with you friends

सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको तर अहिले राजनीतिक स्वार्थमा धक्का लागेपछि सडकमा आएको गुनासो गरेकी छिन् ।

यसबीचमा डा. बाबुराम भट्टराईलाई आन्दोलनमा आउन नसुहाएको र राजा राखेर दुईवटा विचार मात्रै कायम गर्ने विचार व्यक्त गरेकी उनले सामाजिक सञ्जालमा कडा आलोचना व्यहोरेकी छिन् ।

विहीबार लामो स्टाटस लेखेर उनले स्वतन्त्र नागरिकको हैसियतमा आफ्नो कुरा राख्न नपाउने भन्दै प्रश्न गरेकी छिन् ।

यस्तो छ करिश्माको भनाई-

के मैले स्वतन्त्र नागरिकको हैसियतमा मेरा कुरा राख्नै नपाउने हाे त ?

अहिलेकाे राजनीतिले मलाई मात्रै हाेईन, सबैलाई आजित बनाएकाे छ । शिक्षा, स्वास्थ, सिनेमा, उद्याेग, कृषि कुनै पनि क्षेत्र सन्ताेषजनक छैन ।
काेराेना महामारीले गर्दा देश झण्डै ८ महिना जति ठप्प भयाे । अहिले बल्ल बल्ल अर्थतन्त्र चलायमान हुँदैछ ।

बितेकाे १० महिनामा भाेकभाेकै पैदल घर हिँडेका नेपालीबारे समाचार पढ्याैँ । उद्याेगी व्यापारीहरु तनावमा फसेको, बिरामीहरु उपचार नपाएर मरेको, नेपाली कृषककाे उत्पादनहरुले बजार नपाउने तर विदेशबाट सबै थाेक सजिलै आयात भएर बजार बजार पुग्ने, उखु किसानले उखुकाे मूल्य नपाउने तर राजनीतिक दलहरु जुँगाकाे लडाइँमा मात्रै रमाउने गरेको विकृति देखियाे ।

सरकारकाे पहिलाे प्राथमिकता जनताकाे सुखसुविधा हुनुपर्ने थियाे तर हाम्राे देशमा कुर्सी र पार्टी पार्टी नेता नेता बिचकाे झगडा पहिलाे प्राथमिकता बनेकाे थियाे
त्यहीबीचमा संसद विघटन भयाे । संसद विघटन हुने बितिक्कै सबै राजनीतिक दल सडकमा देखिए । काेराेना महामारी पनि बिलाएकाे हाे कि?

जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैँलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राम्राे काम गरिरहेका छाै भनेर भनुँ?

राजनीतिक दलहरुकाे कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर कसरी झुट बाेलुँ?

काेराेना महामारी बिच जनताले विभिन्न प्रकारका समस्या भाेगेकाे बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आई दिएको भए के हुन्थ्यो ? कसले राेक्याे त्यतिखेर उनीहरुलाई?

यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ । संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ।

राजनीतिक दलहरुका विकृति, विसंगति, असफलता, कमजोरीलाई ढाकछोप गरेर बाेल्न, आफ्नाे नेता र दलकाे पक्षपाेषण गर्न म कुनै राजनीतिक कार्यकर्ता हाेईन ।

नेपाल राज्यको स्वतन्त्र नागरिक हुँ । मलाई राजनीतिक दल र नेताकाे हाेईन, मेराे देश, मेराे राष्ट्रियता र मेराे सार्वभाैमिकताकाे माया लाग्छ ।

  • Related Posts

    ‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

    काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय…

    धरौटीमा रिहा भइन् बलिउड अभिनेत्री रिया चक्रवर्ती

    बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाडेको छ । अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी चक्रवर्तीलाई यसअघि प्रहरीले लागुऔषध प्रयोग र कारोबारसँग सम्बन्धित भएको आरोपमा पक्राउ गरेको थियो ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते