कांग्रेसले चाहे एमालेको सरकार ढाल्न सक्ने शेखर कोइरालाकाे दावी

Share it with you friends

दमौली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  सरकारले मनोमानी ढंगले गलत काम गरे नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री तथा पार्टी नेता गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा कांग्रेस व्यास ४ ले दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकारको मनोमानीले चरम रुप लियो भने नेपाली कांग्रेसले नै यो सरकार ढालिदिने बताए । कोइरालाले भने, ‘यसअघि गिरिजाबाबुले पनि २०५१ सालमा एमालेको सरकारलाई ढाल्नुभएकै हो, अहिले पनि सरकारले गलत क्रियाकलापलाई नरोके कांग्रेस चुप लागेर बस्दैन ।’

प्रधानमन्त्री केपी ओली अधिनायकवादतर्फ लम्केको आरोप लगाउँदै नेता कोइरालाले राष्ट्रिय अनुसन्धान, राजश्व विभाग, सम्पती सुद्धिकरण कार्यालय प्रधानमन्त्रीको मातहातमा ल्याउनुले त्यसको पुष्टि गरेको बताए ।

ओली सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री ओलीको कार्यशैली लोकतन्त्र नै समाप्त पार्ने मनसाय रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री र राष्ट्रपति निर्वाचन प्रक्रियादेखि प्रधानन्याधीशको पदमुक्त गर्ने कार्यशैली विधी र प्रक्रिया भन्दा बाहिर भएको बताए ।

एमाले सरकारलेउ लोकतन्त्रमाथि आक्रमण गरे कांग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिए । प्रतिपक्षमा रहेको आफ्नो पार्टीले सरकारको गुण र दोष आधारमा समर्थन र विरोध गर्ने भएकाले अधिनायकवादतर्फ अघि बढे सशक्त भएर प्रतिकारमा उत्रने उनले बताए ।

कार्यक्रममा पार्टी कार्यकर्ताहरुलाई सशक्त प्रतिपक्ष हुन बलियो कांग्रेस आवश्यक रहेको बताउँदै गुट उपगुटमा नलागी एकजुट हुनु पर्नेमा जोड दिएका छन् । निर्वाचनमा पार्टीको पराजय बारे केन्द्रीय समितिको बैठक समीक्षा भइरहेको उनले जानकारी दिए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते