धादिङ । धादिङ जिल्लाका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाइने भएको छ । नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ सम्मका किशोरीहरुको लागि आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउन लागिएको हो । सदरमुुकाम धादिङवेसीमा एक छलफल कार्यक्रम आयोजना गरी यस विषयमा जानकारी गराइएको हो ।
नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङको आयोजनामा सम्पन्न सो कार्यक्रममा नीलकण्ठ नगरपालिकाका १४ वटै वडाका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो । नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङका प्रमुख विष्णु रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा विद्यालय नर्स, स्वास्थ्य संस्था प्रमुख लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङका प्रमुख विष्णु रिजालले विद्यालय स्तर देखिनै विद्यार्थीहरुलाई पोषण सम्बन्धि शिक्षा दिनुपर्ने भन्दै हरेक विद्यालयहरुले हरित विद्यालयको अवधारणा आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयहरुमा सञ्चालित दिवा खाजामा बाहिरी खाजा नदिई स्थानीय वस्तु, उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
यसैविच सोही कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले मानव जिवनमा पोषण अत्यावश्यक भएको भन्दै नगरपालिकाको स्वास्थ्य, शिक्षालाई अझ मजबुत बनाउदे लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरि जनस्वास्थ्य निरिक्षक शिव रानाले स्वास्थ्य, शिक्षा, कृषी, पशु लगायतका क्षेत्रको सहभागिता भएमा मात्र पोषणको कार्यक्रममा सुधार आउने बताउनुभयो । ४० प्रतिशत युवतीहरुमा रक्तअल्पता रगतको कमि देखिएको जसले गर्दा शारीरिक, मानसिक वृद्धि विकास र गर्भ अवस्थामा हुन सक्ने विभिन्न समस्या देखिन सक्ने उहाले बताउनुभयो ।

किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाइने
Related Posts
-
नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको…
-
धादिङको थाक्रेमा दोस्रो कोदो दिवस मनाइयो
“कोदोबालीको संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा संवर्धन” भन्ने नाराका साथ सरकारले यस वर्ष…
-
नीलकण्ठ पार्कमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा १२५ बिरुवा रोपण
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साँकोषस्थित निर्माणाधीन नीलकण्ठ पार्क परिसरमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको…
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन हुँदै
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका…





Leave a Reply