Breaking Newsराष्ट्रिय समाचारस्थानीय

कोरोना संक्रमित धादिङ थाक्रेका ४१ वर्षीय पुरूष डिस्चार्ज

Share it with you friends

धादिङको थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय कोरोना संक्रमित  पुरूष डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण भेटिएपछि बलम्वुमा रहेकाे शसस्त्र प्रहरी अस्पतालकाे  आइसोलेसनमा उपचार गराइरहेका पुरूष आज  डिस्चार्ज भएका हुन् ।

काठमाडौंकाे बागबजारमा छापाखाना सञ्चालन गर्दै आएका उनी चैत्र ११ गते घर (धादिङ) आएर वैशाख २८ गते काठमाण्डाै फर्किएका थिए ।

जेठ २ गते आएको स्वाब परीक्षण गराएका उन्काे जेठ ५ गते काेराेना पाेजेटिभ रहेकाे रिपाेर्ट आएकाे थियाे ।

अस्पतालवाट डिस्चार्ज भएपछी देशविकास डटकमसगँ कुरा गर्दै उनले आफ्नाे आत्मविश्वासले काेराेनालाइ पराजित गरेकाे वताएका छन् ।

उनका श्रीमती, छोराछाेरी तथा गाउँका १० जनाको स्वाब परिक्षण गरिएकोमा कसैलाई पनि कोरोना संक्रमण देखिएको थिएन ।

उनीसगैं सशस्त्र प्रहरी अस्पतालबाट शनिबार भक्तपुरका एकसँगै एकैपटक ११ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

 

फाेटाे : अन्नपुर्ण पाेष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *