कोरोना संक्रमित १ लाख नाघेपछि जनस्वास्थ्यविद् डा. पाण्डेको १० सुझावहरु

Share it with you friends

असोज २४, काठमाण्डौ ।  नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको जानकारी दिए । त्यस्तै हालसम्म कोरोना संक्रमणको कारण नेपालमा ६ सय जनाको मृत्यु भइसकेको छ । चाडपर्व नजिकिदै गर्दा मानिसहरु गाउँ फर्किन थालेका छन् । कोरोनाको हटस्पट बनेको राजधानी काठमाडौंबाट मानिसहरु गाउँगाउँ जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ ।

जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले समुदायस्तरमा कोरोना संक्रमण फैलिइसकेको बताउँदै सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । डा पाण्डेले जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले विशेष अभियान संचालन गर्नुपर्ने सुझाव दिएका छन् । साथै उनले परीक्षणको दायरा व्यापक बनाउँदै ठुला अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड डेडिकेटेट अस्पताल बनाउनु पर्नेमा जोड दिएका छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् ्र स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस् । उनले भनेका छन् ।

डा पाण्डेले सरकार र सम्बन्धित निकायलाई मात्र नभएर आम मानिसहरुलाई समेत संक्रमणको जोखिमबाट बच्नका लागि मास्क लागउने, भौतिक दूरी कायम गर्न तथा भीडभाडबाट टाढा रहन आग्रह गरेका छन् । उनले भनेका छन् ।
घरबाहिर निस्किन अनिबार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं ।

डा पाण्डेले नेपालमा कोरोना संक्रमण देखिन थालेपनि सामाजिक सञ्जाल तथा विभिन्न माध्ययमबाट सरकारलाई सल्लाह तथा आम मानिसहरुलाई सुुसुचित हुनको लागि आग्रह गर्दै आइरहेका छन् ।

डा पाण्डेको सामाजिक सञ्जालबाट 

 संक्रमितको संख्या १ लाख नाघेको छ  । काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ  । सहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ  । उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ  ।

१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस्  । स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस्  ।
२. सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल ( प्रिफ्याबको, अस्थायी ) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोंटो समय प्रदान गरोस्  ।
३. महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस्  ।
४. हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं ! सामान्य Exposure ले पनि धेरै व्यक्ति संक्रमित भएका छन्, अस्पताल भरिभराउ छन्  ।
५. घरबाहिर निस्किन अनिबार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं  ।
६. जसरी ज्यान जोगाउन तालचरा साइबेरियादेखि नेपाल आउँछन्, प्रतिकुल समयमा सर्पलगायत सरिसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त कहिले त्यो देशमा नेपालमा बसाइ सर्छन् .. त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं  । यो सम्पूर्ण प्राणिको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो  ।
७. ९० % संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ । बाँकि ५ % लाई अप्ठ्यारो गरि निको हुन्छ । बाँकी ५ % लाई आइसीयुको सेवा आबश्यक हुन्छ  । कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन  । त्यो ५ % मा हामी जो कोहि पनि पर्न सक्छौं तसर्थ १०० % साबधानी अबलम्बन गरौँ  । कोभिडलाई सामान्य नठानौं  । नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन । लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन्  ।
८. आधिकारिक सूचना र सल्लाह मात्र अनुसरण गरौँ  ।भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार बैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ । तसर्थ अपडेट हुने बानी बसालौं ।
९. राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मीलगायत सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ  ।
१०. महामारीको समयमा सकारात्मक सोंच, सहयोगी ब्यबहार तथा आशाबादी गुण नै ठूलो अस्त्र हो | तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ, कसरी सकिन्छ, योगदान गरौँ  । सरकार र नागरिक जिम्मेवार तथा अनुशाशित बनौं | यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं ।
  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते