खोलाले बगाएर ल्याएको वेवारिसे शवको पहिचान खुल्यो
२४ भदौ २०७६, मंगलबार ।
धादिङको थाक्रे ७ महेशखोलामा भेटिएको बेबारिसे शवको पहिचान खुलेको छ । काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा नं. ८ खड्का गाउँ वस्ने वर्ष ५६ का रामहरी खड्काको शव रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरिक्षक रुक वहादुर खड्काले बताउनुभयो ।
सोमबार महेशखोलाले वगाएर पाखा ल्याएको अवस्थामा शब भेटिएको थियो । भाद्र १९ गते पानी संगै आएको पहिरोल वगाउदा उनी बेपत्ता भएको परिवारले वताएका छन् । घटना भएको स्थानबाट करिव १७ किलोमिटर तल जुंगेखोलामा शव भेटिएको थियो ।
