गाउँपालिका अध्यक्षले मनाए नौलो तरिकाले जन्मदिन

Share it with you friends

बैशाख ३, महादेववेशी , धादिङ । तपाई आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? साथिभाइ भेटघाट गरेर ? केक काटेर ? पार्टि गरेर या रमाइलो गरेर ? तर धादिङ जिल्लामा रहेको थाक्रे गाउँपालिकाका अध्यक्षले नौलो प्रयोगका साथ आफ्नो ५६ औ जन्मदिन मनाएका छन । गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, गाउँकार्यपालिकाका सदस्य र पत्रकारहरुको विचमा जन्मदिन मनाएका आचार्यले आफ्नो वाकी जिन्दगी नाफाको जिन्दगी भएको वताउदै थाक्रेको विकासमा सक्दो साथ दिन सम्वद्ध सवैलाइ आग्रह गरेका थिए ।


गाउँपालिकाको नेतृत्वमा आएको २ वर्ष पुरा भएको भन्दै आचार्यले कार्यक्रमको सुरुमा गाउँपालिकाको नेतृत्वको ५ वटा कमीकमजोरी लेख्न आग्रह गरेका थिए । पहिचान नखुल्ने गरी ५ वटा कमिकमजोरी औल्याउनका लागि अध्यक्षको अनुरोध अनुसार सहभागी सवैले आआफ्नो राय लिखित रुपमा दिएका थिए ।


कार्यक्रमको दोश्रो चरणमा निर्वाचित जनप्रतिनिधि , कार्यलयका कर्मचारी र पत्रकारहरुको छुट्टाछुट्टै समुह निर्माण गरी थाक्रे गाउँपालिका कस्तो हुनुपर्छ भनेर सुझाव सहितको प्रस्तुती दिन लगाएका थिए । सुझाव र प्रस्तुती सुनिसकेपछि उनले भने तपाइहरुले दिनुभएको सुझाव र सल्लाह मेरो मार्गदर्शक हो, यसलाइ म शिरोधार्य गर्दैै कार्यन्वयन गर्ने छु । आजको मितिसम्म औपचारीक रुपमा जन्मदिन नमनाएको भन्दै अध्यक्ष आचार्यले आजको दिनमा प्राप्त भएका सल्लाह र सुझाव बाकी जिवनको लागि समेत प्रेरणा हुने वताएका थिए ।


जन्मदिनको वारेमा जानकारी नदिइकन सहभागीहरुलाइ वोलाइएको त्यस कार्यक्रममा , कार्यक्रमको अन्त्यमा मात्रै जन्मदिनको रुपमा त्यस कार्यक्रम आयोजना गरेको जानकारी दिइएको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते