गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु, २२ जना घाईते
१९ जेष्ठ २०७७ – बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, ११ जनाको मृत्यु भएको छ ।
मध्यराती भएको दुर्घटना मा अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
बाँकेको अगैयामा भएको दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको जनाइएको छ ।
प्रमूख जिल्ला अधिकारी कुर्मावाङका अनुसार ना. ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
